कोशी प्रदेशमा सिलाई कटाई मेशीन वितरण
कोशी प्रदेशमा सिलाई कटाई मेशीन वितरण
अप्पन बिराटगढ परोपकार समाज केन्द्रिय कार्यालय कोशी प्रदेश विराटनगरको संयोजकत्वमा ३ महिने ” सिलाई कटाई प्रशिक्षण”दिइ सबै प्रशिक्षित सहभागीहरु लाई नेपाल बामपंथी मारवाडी संगठनका अध्यक्ष तथा कार्यक्रमका अध्यक्षता गर्नुहुने श्री अरुण कुमार राठी ज्युको पहलमा उद्योगपति एवं म्याजिक फुटवेयर का संचालक श्री राकेश बगेडिया ज्युको तर्फ बाट १५ वटा सिलाई मेसिन उपलब्ध गराउनु भयो।

“सिलाई मेसिन बितरण” कार्यक्रममा प्रमुख आतिथ्यता ग्रहण गर्नुहुने नेकपा एमाले कोशी प्रदेशका प्रदेश अध्यक्ष क.घनश्याम खतिवडा ज्यु,श्री राजेश अग्रवाल ज्यु,विराटनगर वडा नं. ८ का वडा अध्यक्ष श्री राम पोख्रेल ज्यु,नेपाल बामपंथी मारवाडी संगठनका पदाधिकारीगण,ए.बी.सी नेपाल का अध्यक्ष श्रीमती बिष्णु पंत आचार्य ज्यु,समाजसेवी एवं अधीवक्ता श्री रविन्द्र कुमार दत्त ज्यु,अप्पन विराटगढ परोपकार समाजको तर्फ बाट श्री राजेश झा ज्यु एवं श्रीमती बसुन्धरा झा ज्युको साथ साथै संस्थाकी अगुवा महिलाको साथै वरिष्ठ मैथिली अभियानी,श्रीमती संजु यादव ज्यु, श्रीमती निरा साह ज्यु,प्रशिक्षक श्रीमती संजु कुमारी देव ज्यु,श्रीमती देवता रानी दत्त ज्यु,ब्राइट बिगनिङ्ग प्री स्कुलकि संचालिका श्रीमती रानी झा ज्यु,विराट मिथिला नाटयकला परिषदका अध्यक्ष श्री डोमी कामत ज्यु,समाजसेवी चम्पा पाल ज्यु,श्रीमती निरा साह ज्यु,श्रीमती रंजना यादव ज्यु,श्रीमती सुमन मंडल ज्यु,मैथिली अभियानी गुडीया कामत ज्यु,श्रीमती लक्ष्मी पासवान ज्यु,श्रीमती रंजु झा ज्यु इत्यादि।

अप्पन विराटगढ परोपकार समाज मैथिली संस्कृतको संरक्षण,सम्वर्धन,प्रवर्द्धनको संगे संगै स्व-रोजगार मुलक सीप प्रदान गरी समाजको गरिब,असहाय,अशक्त र बिपन्न बर्गहरुलाई आत्मनिर्भर बनाउन कार्य पनि साथ साथै लगीरहेको कुरा सबैमा अवगत गराउन चाहन्छौं।आज विराटनगरका विभिन्न वडाका १५ जना महिलाहरुलाई तालिम दिलाई सबैजना लाई “सिलाई मेसिन” प्रदान गरेका छौं।अन्त्यमा “अप्पन विराटगढ परोपकार समाज” बाट १५ जनालाई तालिम दिई मेसिन उपलब्ध गराउने वरिष्ठ समाजसेवी,उद्योगपति एवं नेपाल बामपंथी मारवाडी संगठन का अध्यक्ष श्री अरुण कुमार राठी ज्यु र वरिष्ठ समाजसेवी एवं उद्योगपति श्री राकेश बगेडिया ज्युलाई संस्थाको साथै संस्थाको पदाधिकारीको तर्फ बाट हृदय देखि धन्यवाद को साथै आभार प्रगट गर्दछौं।सम्पुर्ण तालिम लिएका साथीहरु लाई उज्ज्वल भविष्यको कामना गर्दछौं।सबै सहभागीहरुमा धन्यवाद नमस्कार ।

Hi, this is a comment.
To get started with moderating, editing, and deleting comments, please visit the Comments screen in the dashboard.
Commenter avatars come from Gravatar.